arin enterprises

पहिलो महिला मुख्य सचिवमा लिलादेवी गड्तौला नियुक्त

SamacharDesk | २०८१ श्रावण १०, बिहिबार

सरकारले नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ।

तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा तानेपछि वरिष्ठताका आधारमा उहाँ कामु मुख्यसचिव बन्नुभएको थियो ।

उहाँ सचिव पदमा २०७७ साल कात्तिक २७ गते बढुवा हुनुभएको थियो । अख्तियारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो ।

कर्मचारीको नेतृत्वमा एक महिनाका लागि सरकारले गड्तौलालाई नियुक्ति दिएको हो । ५८ वर्षे उमेरहदले उहाँ यही भदौ १५ सेवानिवृत्त हुनुहुनेछ । उनी प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव थिइन् ।

गड्तौला वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सूचीमा थिइन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई कामु मुख्यसचिव बनाएको थियो ।

तत्कालीन सरकारले आफू अनुकूलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म कायम मुकायम मुख्यसचिवको रूपमा उनलाई नियुक्त गरेको थियो ।

तर वर्तमान सरकारले उनलाई पूर्ण जिम्मेवारी दिएको हो । २०२३ साल भदौ १५ गते तेह्रथुमको पिप्लेमा जन्मनुभएकी गड्तौला सरकारी सेवामा २०५२ पुसमा कानुन सेवाको शाखा अधिकृत हुँदै प्रवेश गर्नुभएको हो ।

Categorized in राष्ट्रिय