arin enterprises

लिली ग्ल्याडस्टोन गोल्डेन ग्लोब जित्ने पहिलो आदिवासी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २४, मंगलबार

लिली ग्ल्याडस्टोन गोल्डेन ग्लोब अवार्ड जित्ने पहिलो आदिवासी बन्न सफल भएकी छिन् । ‘किलर्स अफ फ्लावर मुन’की अभिनेत्री ग्ल्याडस्टोनले गोल्डेन ग्लोबमा उत्कृष्ट अभिनेत्री बन्दै यो अवार्ड जित्ने पहिलो आदिवासीको इतिहास रचेकी  हुन् ।

उनी मोसन पिक्चर– ड्रामा विधातर्फ पहिलो पटक गोल्डेन ग्लोबमा मनोनित भएकी थिइन् ।

३७ बर्षीय अभिनेत्री लिली ब्ल्याकफिट समूदायकी हुन् ।

उदयीमान अभिनेत्री ग्ल्याडस्टोनले फिल्ममा मोली पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । ओसेज राज्यमा १९२० तिर त्यहाँको तेल, सम्पत्ति हडप्न सन् उनको परिवारलाई लक्षित गरी धेरैको हत्या गरेको कथा देखाएको छ ।

“म यस हलमा सबैलाई माया गर्छु । यो ऐतिहासिक जीत हो । यो केवल मेरो मात्र अवार्ड होइन, जसलाई अहिले म समाउँदै छु,’ अवार्ड उचाल्दै उनले भनिन् ।

अवार्ड जितिसकेपछि ग्ल्याडस्टोनले निर्देशक मार्टिन स्कोर्सिस र अभिनेता लियोनार्दो डिकाप्रियोलाई पनि धन्यवाद दिइन् ।

‘फिल्ममा अभिनय गर्नु भएका सम्पूर्ण मेरा दिदीबहिनीहरुको अवार्ड म उचाल्दैछ’ ग्ल्याडस्टोनले आफ्नो समूदायको भाषा सिकाउन मद्दत गरेकी आमालाई ब्ल्याकफिट भाषामै धन्यवाद दिइन् ।

‘यसमा मेरो आमाको पनि हक छ । उहाँ ब्ल्याकफिट हुनुहुन्न । तर, पनि मिहेनत गरेर त्यो भाषा हामीलाई सिकाउनुभयो ।’

Categorized in पेजथ्री