३ किलो गाँजासहित लिम्बु पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

ईटहरीमा अवैध गाँजासहित एक पुरुष पक्राउ परेका छन् ।
ईटहरी उपमहानगरपालिका–९ बुढीखोलाबाट अवैध गाँजासहित मोरङ केराबारी नगरपालिका–१ बस्ने २४ वर्षीय मान बहादुर लिम्बुलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले करीब ३ किलो गाँजासहित लिम्बुलाई पक्राउ गरेको हो ।
को. १४ प ९२०९ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रहरीले मोटरसाइकल चालक लिम्बुबाट उक्त गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध