arin enterprises

राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

SamacharDesk | २०८१ आषाढ ५, मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यात्नुभएको हो ।

उहाँले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताउनुभएको थियो ।

उहाँले पुस्तिका च्यातेर हु¥याउने मन भएपनि संसदीय मर्यादा विपरित हुने भएकाले आफुले नहु¥याउने बताउनु भयो ।

अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्र बाहेकका प्रतिनिधि सभा सदस्यहरु बजेटप्रति असन्तुष्ट रहेको बताउनु भयो ।

उहाँले लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताउनु भयो ।

Categorized in राजनीति