लिभरपुलले आर्सनललाई बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २७, सोमबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई बराबरीमा रोकेको छ ।
आइतबार शीर्ष स्थानको आर्सनललाई लिभरपुलले २–२ गोलको बराबरीमा रोकेको हो । अन्फिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले २–० गोलले पछि परेको अवस्था उल्टाएको हो ।
आर्सनलले खेलको आठौं मिनेटमा मार्टनेलीको गोलबाट अग्रता लियो । गाब्रियल जेससले २८ मिनेटमा अग्रता दोब्बर पारे।
लिभरपुलका लागि मोहम्मद सलाहले ४२ मिनेटमा गोल गरे । ५४ मिनेटमा सलाहले प्राप्त पेनाल्टी मिस गरेका थिए ।
खेल सकिन ३ मिनेट बाँकी छदा फिर्मिनोले बराबरी गोल फर्काउदै लिभरपुललाई हारबाट जोगाए ।
लिगमा आर्सनल ३० खेलबाट ७३ अंक जोड्दै शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६७ अंक छ ।
लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ।
Categorized in स्पाेर्ट्स