सेफिल्डलाई लिभरपुलले हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २१, बिहिबार

ईंग्लीस प्रेमियर लिगको दोस्रो स्थानको लिभरपुलले जित निकालेको छ ।
गएराति भएको खेलमा दोस्रो स्थानको लिभरपुलले सेफिल्डमाथि २–० को जित निकालेको हो ।
ब्रामल लेनमा भएको यस खेलमा लिभरपुलको लागि खेलको ३७ औं मिनेटमा भर्जिल भान डाइकको गोलमा अग्रता लिएको लिभरपुलले खेलको इन्जुरी समयमा डोमिनिक स्लोबोस्जलाईले दोस्रो गोल थपेका थिए ।
यो जितसँगै लिभरपुलले प्रेमियर लिगको शीर्ष स्थानको रहेको आर्सनलमाथि दबाब बनाएको छ ।
लिभरपुल यस सिजन मात्र एक खेलमा पराजित भएको छ । लिभरपुल ३४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
सेफिल्ड ५ अंक सहित तालिकाको पुछारमा छ ।
समान खेलमा आर्सन ३६ अंक सहित शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स