arin enterprises

लिभरपुल उपाधि नजिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ११, बिहिबार

लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधी दावेदारी अझ बलियो बनाएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हात पार्दै उपाधी नजिक पुगेको छ ।

खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४(० को नतिजा सहितको सान्दार जित हात पारेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलाइएको खेलमा लिभरपुलले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको २३ औं मिनेटमा ट्रेंट अलेक्जेन्डर आर्नोल्डले गरेको गोलवाट लिभरपुल अघि बढ्यो । ४४ औं मिनेटमा मोहम्मद सलाहले गोल थप्दै अग्रता दोब्बर बनाए । 

त्यस्तै फाबिन्होले ५५औं मिनेटमा गोल गरे भने साडियो मानेले ६९ औं मिनेटमा चौथो गोल गर्दै लिभरपुललाई ४(० को नतिजा सहित जित दिलाए ।

यो जित सहित शीर्ष स्थानको लिभरपुलको ३१ खेलबाट ८६ अंक भएको छ । उपाधि नजिक रहेको लिभरपुललाई उपाधि जित्नको लागि अब दुई अंकको खाँचो छ ।

तर आज हुने खेलमा म्यान्चेस्टर सिटी चेल्सीसँग हारेमा लिभरपुलले बाँकी खेलबाट कुनै अंक नजोडेपनि उपाधि हात पार्नेछ ।

उपाधितर्फ उन्मुख लिभरपुलले ३० वर्षपछि पहिलोपल्ट लिग उपाधि जित्नेछ ।

प्रिमियर लिगअन्तर्गत हिजो राति भएको अन्य खेलहरुमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० ले हराएको छ । म्यानचेस्तर युनाइटेडका लागि तीनवटै गोल फ्रेन्च खेलाडी एन्थोनी मार्टियलले गरे । 

यो जितसँगै युनाइटेडको ३१ खेलबाट ४९ अंक भएको छ ।

त्यसैगरी एभर्टनले नर्विच सिटीलाई तथा वुल्भरह्याम्पटन वान्डरर्सले बर्नमाउथलाई १–० ले हराउँदा न्युकासल युनाइटेड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन् ।

Categorized in स्पाेर्ट्स