arin enterprises

लिभरपुलले बेन्फिकालाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २३, बुधबार

इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले हराएको हो ।

बेन्फिकाको मैदान स्टेडियो डा लुजमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दोब्बर बनाउँदा पहिलो हाफमा नै लिभरपुल २–०ले अघि रह्यो ।

खेलको दास्रो हाफमा डार्विन नुनेजले  ४९ औं मिनेटमा गोल गर्दै बेन्फिकाका खेलमा फर्काउन चाहे ।

खेलको ८७ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

यो जितसँगै लिभरपुलले पहिलो लेगमा २ गोलको अग्रता बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

अब दोस्रो लेग लिभरपुलको मैदानमा अप्रिल १४ मा हुनेछ ।

Categorized in स्पाेर्ट्स