arin enterprises

लिभरपुल बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ७, मंगलबार

इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाइटेडले १–१ गोलको बराबरीमा राकिएको हो ।

खेलको ३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । उनलाई गोल गर्न एलेकजेन्डर अर्नोल्डले पास उपलब्ध गराएका थिए ।

तर खेल सकिन तीन मिनेट बाँकी छदा लिड्सका लगि लोरेन्टेले गोल फर्काए पछि खेल बराबरीमा आएको हो । उनले ह्यारिसनको पासमा गोल गरेको थियो ।

योसँगै अंक तालिकामा लिभरपुल ३२ खेलबाट ५३ अंक जोडेर छैटौं स्थानमा छ ।

एक खेल कम खेलेको पाँचौ स्थानको चेल्सीको ५४ अंक छ भने लिड्स भने ४६ अंक जोडेर दशौं स्थानमा छ ।

 

 

Categorized in स्पाेर्ट्स