arin enterprises

लिभरपुल एफए कपको फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ४, आइतबार

 लिभरपुल एफए कपको फाइनलमा पुगेको छ ।

इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो । वेम्ब्ली स्टेडिमा भएको पहिलो सेमिफाइनल खेलको नवौं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

साडियो मानेले १७ औं मिनेट र औं ४५ मिनेटमा गोल गर्दै पहिलो  हाफमै  सिटीमाथि लिभरपुलले ३ गोलको अग्रता बनायो । दोस्रो हाफको सुरुमै अर्थात ४७ मिनेटमा ज्याक ग्रेलिसले गोल फर्काए ।

दोस्रो हाफको इन्जुरी टाइममा बेर्नान्डो सिल्भाले सिटीका लागि दोस्रो गोल गर्दै सिटिलाई खेलमा फर्काउन खोज्येको थियो ।

यो सहित लिभरपुल १५औं पटक एफए कपको फाइनल पुग्न सफल भएको हो । 

Categorized in स्पाेर्ट्स