arin enterprises

वेस्ट ह्यामलाई हराँउदै लिभरपुल सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ५, बिहिबार

कारबाओ कपमा लिभरपुलले शानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । बुधबार क्वार्टरफाइनलको खेलमा लिरभपुलले वेस्ट ह्याम युनाईटेडलाई ५–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरे । उनले खेलको ५६ औं र ८४ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै डोमिनिक स्जोबोस्जलाइले २८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

७१ औं मिनेटमा कोडी गाकपोले र ८२ औं मिनेटमा मोहमद सलाहले गोल गरे ।

वेस्ट ह्यामको लागि जरोड बुवेनले सान्त्वना गोल गरे ।

लिभरपुल कारबाओ कपमा कीर्तिमानी १० औं उपाधिका लागि अघि बढेको छ । उसले पछिल्लो पटक सन् २०२२ मा यो उपाधि जितेको हो ।

लिभरपुलले सेमिफाइनलमा फुलहमसँग खेल्नेछ ।

पहिलो लेगको खेल जुनवरी ८ मा हुनेछ भने दोस्रो लेग त्यसको दुई हप्तापछि हुनेछ । 

Categorized in स्पाेर्ट्स