arin enterprises

लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री

SamacharDesk | २०७९ भाद्र २१, मंगलबार

बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रस बेलायतको तेस्रो महिना प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनुहुनेछ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उहाँले औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ ।

प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एक लाख ७० हजारभन्दा बढी कन्जरभेटिभ सदस्यले गरेको ग्रीष्मकालीन प्रतिस्पर्धामा ट्रसले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई ५७ प्रतिशत मत ल्याएर पराजित गर्नुभएको हो ।

यसैबीच प्रधानमन्त्री जोनसनले ट्रसलाई निर्वाचित भएकोमा बधाई दिँदै ट्वीटरमा लेख्नुभएको छ, “मलाई थाहा छ कि उहाँसँग जीवनयापनको लागतको सङ्कटको सामना गर्ने, हाम्रो पार्टीलाई एकताबद्ध गर्ने र हाम्रो देशलाई एकताबद्ध गर्ने र समावेशी बनाउने महान् कार्यलाई जारी राख्ने सही योजना छ ।” उहाँले थप्नुभयो, “अब सबै कन्जरभेटिभहरूले उहाँको शतप्रतिशत समर्थन गर्ने समय आएको छ ।”

गत जुलाईमा सुनकसहित मन्त्रीहरूले जोनसनको कामप्रति असन्तिुष्टि जनाउँदै सरकारबाट राजीनामा दिने घोषणा गरेपछि उहाँले पनि पदबाट हट्ने इच्छा व्यक्त गर्नुभएको थियो । उहाँको राजिनामाको घोषणासँगै नेतृत्वको प्रतिस्पर्धा सुरु भएको थियो । 

Categorized in अन्तर्राष्ट्रिय