arin enterprises

लोरिस लस एन्जलमा अनुबन्धीत

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष १५, आइतबार

फ्रेन्च स्टार हुग्यो लोरिस मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलमा अनुबन्ध भएका छन् ।

११ वर्ष लामो टोटेनह्यामको यात्रा पछि लोरिसमा लसएन्जलमा लागेका हुन् । उनी फ्रि ट्रान्सफरमा लस एन्जल गएका हुन् ।

सन् २०१२ मा लियोनबाट टोटेनह्याममा अुनबन्ध भएका लोरिसले प्रिमियर लिगमा बेग्लै पहिचान बनाउन सफल भएका थिए ।

त्यसपछि सन् २०१५ मा टोटनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोले उनलाई क्लबको कप्तान नियुक्त गराएका थिए ।

फ्रान्सको राष्ट्रिय टोलीबाट पनि सन्यास लिसकेका उनले फ्रान्सका लागि १४५ खेल खेलेका छन् ।

Categorized in स्पाेर्ट्स