लक्की फिल्मी अवार्ड २०८१ को लोगो सार्वजनिक
SamacharDesk – बिजयरत्न | २०८१ श्रावण ७, सोमबार
लक्की फिल्मी अवार्ड २०८१ को लोगो सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको आयोजनामा हुन गइरहेको अवार्डको लोगो एक समारोहका बीच सार्वजनिक गरिएको हो ।
समारोहमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको लागो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै अभिनेत्री लुइँटेलले मोफसलमा रहेर पनि रंग क्षेत्रको ठूलो कार्यक्रम गरेको भन्दै आयोजक लक्की मिडिया हाउस र महाप्रबन्धक कार्कीप्रति विशेष आभार व्यक्त गरिन् ।
अघिल्लो संस्करणमा भएका केही कमीकमजोरीलाई समेत सुधार गर्दै नयाँ संस्करण आयोजना गर्ने तयारीमा जुटेको महाप्रवन्धक कार्कीले बताए । चितवनको लक्की मिडिया हाउसले हरेक वर्ष लक्की फिल्मी अवार्डको आयोजना गर्दै आएको छ ।
‘यो अवार्ड मोफसलकै एक मात्रै र ठूलो फिल्मी अवार्ड हो । अवार्डमा चलचित्र क्षेत्रमा कार्यरत कलाकार, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गरिनेछ’ महाप्रबन्धक कार्कीको भनाई हो ।
अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट कथा लेखन, उत्कृष्ट गायक महिला, उत्कृष्ट गायक पुरुष, उत्कृष्ट सङ्गीतकार, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, लोकप्रिय कलाकार पुरुष, लोकप्रिय कलाकार महिलालाई सम्मानित गरिने छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड, उत्कृष्ट सिनेमाटोग्राफर, उत्कृष्ट सम्पादक, उत्कृष्ट निर्देशक, उत्कृष्ट कम्पोजर, स्पेशल मुभी लगायतलाई सम्मान गरिने कार्कीको भनाइ छ ।
कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिने कार्कीले जानकारी दिए ।
अवार्डको आगामी संस्करण आउँदो असोजमा गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।
Categorized in पेजथ्री