arin enterprises

आज १८औं लोकतन्त्र दिवस

SamacharDesk | २०८१ बैशाख ११, मंगलबार

राजतन्त्रको अन्त्य भई लोकतन्त्रको उदय भएको आज १८ वर्ष पुगेको छ ।

यस अवसरमा आज जनताहरुको विजय भएको दिन स्वरुप देशभर विभिन्न कार्यक्रम गरी १८औं लोकतन्त्र दिवस भव्य रुपमा मनाईंदैछ । २०६२/०६३ मा भएको १९ दिने जनआन्दोलनको जगमा भएका राजनीतिक परिवर्तनको सम्मान स्वरुप लोकतन्त्र दिवस मनाउने गरिएको छ ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनः स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।

सोही घोषणाअनुसार पुनः स्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका सात राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा (माओवादी) बीच सम्पन्न १२ बुँदे सहमतिले नेपाली जनतामा विश्वास पैदा भएको थियो ।

नेपाली जनताको ठूलो त्याग र वलिदानबाट प्राप्त परिवर्तनलाई संविधानसभामार्फत जनताले आफ्नो संविधान आफैँ बनाए ।

राजनीतिक व्यवस्था परिवर्तन भए पनि आम नागरिकका कतिपय न्यूनतम आवश्यकता भने राज्यले पूरा गर्न सकेको छैन ।

Categorized in राष्ट्रिय