चलचित्र “लण्डन टु पेरिस”को प्रिमियर शो देखाइयो
SamacharDesk | २०८१ जेठ २५, शुक्रबार

नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर शो भएको छ ।
बिहीवार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । सो अवसरमा उपसभामुख इन्दिरा रानासहित कलाकारहरुको उपस्थिति रहेको थियो ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, लोकविक्रम मल्ल र मनिष गान्धीको अभिनय छ ।
यही फिल्ममार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यु गरेका हुन् । एबी इन्टरनेश्नलको प्रश्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।
फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।
प्रिमियर शोपछि बोल्दै अभिनेता शोभित बस्नेतले लण्डन टु पेरिस ठूलो लगानीमा राम्रो चलचित्र बनेको बताउनु भयो । उहाँले विदेशमा भएर पनि नेपाली चलचित्रप्रतिको माया उल्लेख्य देखाइएको बताउनु भयो ।
उहाँले विदेशमा बसेर नेपाली चलचित्रप्रतिको लगाव देख्दा नेपाली चलचित्रकर्मीहरुले गरेको काम भन्दा राम्रो लागेको बताउनु भयो ।
अभिनेत्री गरिमा शर्माले सानो पर्दामा झैँ ठूलो पर्दामा डेब्यु गर्दा पनि माया पाउने आशा व्यक्त गर्नुभयो । उहाँले आफू ठूलो पर्दामा नयाँ भएकाले सुध्रिने अवसर दिन आग्रह गर्नुभयो ।
Categorized in पेजथ्री