arin enterprises

वर्षकै लामो दिन आज

SamacharDesk – Ram Dangol | २०८० आषाढ ६, बुधबार

आज दिन वर्षकै लामो दिन र छोटो रात हुने दिन परेको छ । हरेक वर्षको जुन २१ मा यो दिन पर्ने गरेको छ ।

२१ जुनको दिनमा सूर्यको किरण सबैभन्दा लामो समयसम्म पृथ्वीमा पर्दछ । त्यसैले यसलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ ।

नेपालमा आज सूर्योदय १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान ५ बजेर नौ मिनेट जाँदा सूर्योदय भएको थियो भने सूर्यास्त साँझ ७ बजेर ३ मा हुनेछ।

जुन २१ को दिनलाई गृष्म सोल्सटाइस भनिन्छ, जसको अर्थ हुन्छ सूर्य अझै पनि जागा छ भन्ने हुन्छ ।

२१ जुनको दिन सूर्य पृथ्वीको उत्तरी गोलार्धस्थित कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण उत्तरी गोलार्धमा वर्षका अन्य दिनमा भन्दा २१ जूनको दिन लामो समयसम्म सूर्यको किरण पर्दछ ।

जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ । जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुआतको पर्वकै रुपमा पनि मनाइन्छ ।

यद्यपि हालसम्म एकपटक अर्थात् सन् १९७५ मा २१ जूनको साटो २२ जूनमा सबैभन्दा लामो दिन थियो । अब यस्तै घटना सन् २२०३ मा हुनेछ । अर्थात् आगामी सन् २२०३ मा पनि जून २२ मा वर्षकै सबैभन्दा लामो दिन हुनेछ ।

वास्तवमा उत्तरी गोलार्धमा गृष्म सोल्सटाइस जूनको २० देखि २२ भित्रमा हुन्छ भने दक्षिणी गोलार्धमा डिसेम्बरको २१ वा २२ मा पर्दछ ।

स्मरण रहोस् उत्तरी गोलार्धमा २१ वा २२ डिसेम्बरमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ । त्यस्तै मार्च २१ र सेप्टेम्बर २१ मा दिन र रातको लम्बाई बराबर हुन्छ ।

यस दिन सूर्यको पृथ्वीको भूमध्यरोखाको सिधा माथि पर्दछ । एजेन्सी

Categorized in समाज