चुम्बक हराएपछि चुम्बक र बसको खोजी
SamacharDesk | २०८१ श्रावण १३, आइतबार

चितवनको सिमतालमा बेपत्ता भएको दुईवटा वसको खोजीमा प्रयोग गरेको १९ किलोको चुम्बक त्रिशुली नदीमा हराएको छ ।
भारतबाट बस खोज्नका लागि ल्याइएको उक्त चुम्बक त्रिशुल नदीमै हराएपछि खोजी कार्यमा प्रभाव परेको छ ।
नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि हिजो भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो ।
खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बस खोज्न प्रयोग गरिएको २ वटामध्ये एउटा चुम्बक हराएपछि बस र चुम्बक दुवैको खोजी जारी रहेको जानकारी दिएको छ ।
गत आइतबारदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोर सहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेस्पोन्स फोर्स) बाट आएका १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा बस र यात्रुको खोजी गरिरहेको छ ।
Categorized in राष्ट्रिय