अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने
SamacharDesk | २०८० आषाढ २८, बिहिबार

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ ।
एक दिने भ्रमणका लागि आउन लाग्नुभएका सहायक विदेश मन्त्री लु ले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लु नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने उद्देश्यले नेपाल आउन लागेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम रहेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार राजनीतिक भेटघाट बाहेक लु ले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
लु अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् ।
उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।
त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाुटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।
Categorized in राष्ट्रिय