लक्की फिल्मी अवार्डकाे टिसर्ट सार्वजनिक
SamacharDesk – बिजयरत्न | २०८१ कार्तिक १, बिहिबार

लक्की फिल्मी अवार्ड २०८१ को टीसर्ट सार्वजनिक भएको छ ।
लक्की मिडिया हाउसले चितवनमा आयोजना गर्न लागेको अवार्डको दोस्रो संस्करणको प्रचार सामग्रीके रुपमा टीसर्ट सार्वजनिक गरिएको हो । चितवनमा आयोजित एक कार्यक्रमका बीच फिल्म अवार्डको टिसर्ट सार्वजनिक गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, चर्चित अभिनेत्री बेनिशा हमाल र लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा टीसर्ट सार्वजनिक गरे ।
लक्की मिडिया हाउसका महाप्रबन्धक कार्की ’लक्की’ ले मोफसल टुर कार्यक्रममा उक्त टीसर्ट प्रयोग हुने बताए । मोफसल टुर देशका मुख्य शहरमा पुग्ने बताइएको छ ।
सो अवसरमा बोल्दै वडाध्यक्ष काफ्लेले नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विचार राख्दै मिडिया हाउसले मोफसलमा राष्ट्रिय स्तरको कार्यक्रम गरेको भन्दै प्रशंसा गरे ।
अभिनेत्री हमालले मोफसलमा पनि यति ठुलो अवार्ड हुनु आम कलाकारहरुको लागि गर्वको बिषय भएको बताइन् ।
अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।
Categorized in पेजथ्री