arin enterprises

आँखादान सम्वन्धि गीतको लिरिकल भिडियो सार्वजनिक हुँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र १९, आइतबार

आँखादान सम्वन्धि जनचेतना जगाइएको गीत ‘आहा कति सुन्दर’ को लिरिकल भिडियो सार्वजनिक हुने भएको छ ।

मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट गाइएको गीतको लिरिकल भिडियो समाचारडेस्कको युट्युब च्यानलबाट सार्वजनिक हुन लागिएको हो ।

यस लिरिकल भिडियोलाई नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समर्पित गरिएको जानकारी गीतका रचनाकार निर्मल बज्राचार्यले दिए ।

‘आँखादानको महत्व बुझाउन र जनचेतना जगाउन हामीले यो गीत बनाएका हौं । र नेत्र रोगको निदानको लागि आफ्नो जीवन समर्पित गर्ने डा. सन्दुक रुइतलाई यो गीत हामीले समर्पित गरेका छौं’ रचनाकार बज्राचार्यले बताए ।

यस गीतबाट आँखादान गरे अन्धा भइन्छ भन्ने जस्ता भ्रमलाई चिर्नुका साथै आँखा दान गर्न सबैलाई प्रोत्साहित गर्न आफुले यो गीत लेखेको पनि बज्राचार्यले बताए ।

गीतको भिडियो आज आइतबार साँझ ७ बजे प्रिमियर हुने समाचारडेस्कका सम्पादक बिराजकाजी राजोपाध्यायले जानकारी दिए । लिरिकल भिडियोको परिकल्पना र दृश्य सम्पादन पनि राजोपाध्याय नै रहेका छन् ।

गीतमा संगीत गुजे मालाकारको रहेको छ । 

Categorized in पेजथ्री