रातो मच्छिन्द्रनाथको रथ सुन्धारा पुग्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १५, शुक्रबार

रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्राको क्रममा रथ आज सुन्धारा (नुगः)सम्म पुर्याएको छ । शुक्रबार रथलाई महापालवाट तानेर सम्म पुर्याएको हो ।
बिहिबार गाबहालबाट रथ तानेर मंगलबजार पुर्याउनपर्ने रथ धेरै ढल्किएको हुँदा महापालमै उड्कियो थियो । आज रथमा तान कस्दै रथको माथिल्लो जंघःलाई तानेर सिधा बनाइ रथ सुन्धारा पुर्याइएको हो ।
आज रथयात्राको क्रममा रथ बायाँ तिर ढल्किए पनि जंघः तान्दै महापालबाट मंगलबजार, सौगल हुँदै सुन्धारा तर्फ बढाईएको थियो ।
रथ सुन्धारा पुगेसँगै नुगःया सम्पन्न भएको छ । सुन्धारा पुगेपछि स्थानीय भाषामा यसलाई ‘नुगः याः न्यात’ (सुन्धाराको जात्रा सम्पन्न भयो) भनिन्छ र नुगःयाः पछि स्थानीय बासिन्दाहरु छ्वयलाभू भन्दै छ्वयलासँग भोज खाने गर्छन् भने भोलिपल्ट भुज्याः भनेर भात खाने गरिन्छ ।
त्यस्तै नुगःयाःलाई भक्तपुरेहरुको जात्रा पनि भन्ने गर्छन् ।
फोटो – शिवेश शर्मा
Categorized in संस्कृति