आफु मुस्लिमको नभई कट्टर इस्लामको विरोधी भएको म्याक्रोंको भनाई
SamacharDesk – बिकाश | २०७७ कार्तिक १६, आइतबार

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफुले मुस्लिमहरुको भावनालाई बुझेको तर कट्टर इस्लाम सबैको लागि खतरा भएको बताएका छन् ।
न्यूज चैनल अल जजÞीरासँगको अन्तरवार्ताको क्रममा राष्ट्रपति म्याक्रोंले पैगम्बर मोहम्मदको कार्टून देखाइएपछि भएका हत्याहरु, बयान र मुस्लिम देशहरुको विरोधबारे कुराकानी गर्दै यस्तो भनेका हुन् ।
‘मैं मुस्लिमहरुको भावनालाई बुझ्छु, जसलाई पैगम्बर मोहम्मदको कार्टूनबाट चोट पुगेको छ,’ म्याक्रोंले भने । ‘तर जुन ‘कट्टर इस्लाम’को साथ उनीहरु लड्नको लागी प्रयत्नरत छन्, त्यो सबैको लागी विशेष गरी मुस्लिमहरुकै लागी खÞतरा हो ।’
आफ्नो देशमा बोल्ने, लेख्ने, विचार र चित्रित गर्ने स्वतन्त्रताको सधैं बचाव गर्ने समेत म्याक्रोले बताए ।
यहि महिनामा फ्रान्समा पैगम्बर मोहम्मदको एउटा कार्टून देखाएका शिक्षक स्याम्युअल पेटीको एक व्यक्तिले गला काटी हत्या गरिदिएका थिए ।
म्याक्रोंले फ्रान्सका अनुमानित ६० लाख मुस्लिमहरुको एक अल्पसंख्यक समूहबाट ‘काउंटर–सोसाइटी’ निस्किने खतरा रहेको औंल्याउनुभयो ।
म्याक्रोंको यस अभिव्यक्तिलाई लिएर केही मुस्लिम बाहुल्य देशले असन्तुष्टि पोखेका छन् ।
कुनै कुनै देशले त फ्रान्सेली उत्पादन बहिष्कारको लागी समेत अपील गरेका छन् ।
अन्तर्वाताकै केही अंश ट्वीटरमा पोस्ट गर्दै म्याक्रोंले हिंसालाई सही भनेर कहिल्यै नस्वीकार्ने बताए ।
म्याक्रोंले ट्वीट गर्दै भनेका छन्, ‘हामी फ्रान्समा इस्लामसँग हैन, इस्लामको नाममा भइरहेको आतंकवादसँग लड्ने प्रयत्न गरीरहेका छौं ।
आतंकवादले ३ सय फ्रान्सेलीको ज्यान लिइसकेको म्याक्रोले बताए ।
Categorized in अन्तर्राष्ट्रिय