arin enterprises

देशमै बनेको लेन्स लगाएर मदनकृष्ण गौरवान्वित

SamacharDesk – बिराज | २०८० जेठ २४, बुधबार

नेपालको कलाकारिता क्षेत्रमा हास्य सम्राटका रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो आँखामा नेपालमै बनेको लेन्स राख्न पाउँदा गर्व महसूस भएको बताएका छन् ।

सामाजिक संजालको भित्तामा लेख्दै वरिष्ठ कलाकार श्रेष्ठले मोतिविन्दुको शल्यकृया गर्दा आफ्नै देशको अस्पतालमा बनेको लेन्स राख्न पाउँदा गर्व महसूस भएको बताएका हुन् ।

‘मोती बिन्दुको शल्यकृया गर्दा आफ्नै देशको तिल गंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउदा मलाई गर्ब महशुस भएको छ’ श्रेष्ठले लेखेका छन् ।

श्रेष्ठको हिजो मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।

डा.सन्दुक रुइत, डा.रिता गुरुङ्ग र डा.गोविन्द पौड्याल लगायतको समूहले उनको आँखाको शल्यक्रिया गरेको थियो । शल्यक्रियामा उहाँको आँखामा प्रतिष्ठानबाटै उत्पादिन इन्ट्राकुलर लेन्स राखिएको थियो ।

श्रेष्ठले आफ्नो आँखाको शल्यकृया गर्ने डा. रुइत, डा. गुरुङ र डा. पौड्याललाई धन्यवाद पनि दिएका छन् ।

Categorized in पेजथ्री