arin enterprises

नेकपा (एस) अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

SamacharDesk – बिराज | २०७८ आश्विन १४, बिहिबार

नेकपा एकिकृत समाजवादी (एस) का अध्यक्ष माधव कुमार नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तरमा सुधार आएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै यो जानकारी दिएको हो ।

अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीको हस्ताक्षर रहेको विज्ञप्तीमा नेपालको शरीरको तापक्रम, रक्तचाप लगायत अन्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।

हाल उनलाई मौसमी भाइरल ज्वरो सम्वन्धि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि हिजो उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनमा सामान्य ज्वरो, वान्ता आउने, पेटमा गडबडी, छातीमा समस्या देखिएको थियो ।

उनको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

Categorized in राजनीति