श्रीलंकन क्रिकेटर शेहान मधुशंका निलम्बनमा
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १४, बुधबार

श्रीलंकन क्रिकेटर शेहान मधुशंका लाघुऔषधको आरोपमा निलम्बनमा परेका छन् । उनलाई सबैप्रकारको क्रिकेटबाट निलम्बन गरिएको श्रीलंकन क्रिकेट परिषद्ले जनाएको छ ।
३ दिन अघि प्रहरीले उनको गाडी खोजतलास गर्दा २.७ ग्राम ‘हेरोइन’ भेट्टाएको थियो । यस लगत्तै उनलाई तत्कालै हिरासतमा लिइएको कुरा श्रीलंका प्रहरीले बताएको छ ।
श्रीलंकन क्रिकेट परिषद्ले पूर्णरुपमा अनुसन्धान र जाँचबुझ भएर आरोप पुष्टि नभएसम्मका लागि वान डे, टेस्ट, टिट्वेन्टी लगायतका सबै प्रकारको क्रिकेट प्रतियोगिता खेल्नबाट प्रतिबन्ध गरेको हो ।
२५ वर्षीय मधुशंकाले बंगलादेशसँगको डेव्यू खेलमै ह्याट्रिक गरेपछि चर्चामा आएका थिए ।
एकदिवसीय बाहेक उनले दुईवटा टी ट्वेन्टी खेलेका छन् । पछिल्ला खेलहरुमा भने चोटका कारण उनी खेलबाट बाहिर थिए ।
उनले श्रीलंकन टिमबाट ३ खेलहरु सन् २०१८ को जनवरी र फेब्रुअरीमा खेलेका थिए ।
Categorized in स्पाेर्ट्स