जैन धर्मका प्रवर्तक महावीर जयन्ती मनाईंदै
SamacharDesk | २०८१ बैशाख ९, आइतबार

२६२३ औं महावीर जयन्ती आज मनाइँदै छ ।
जैन धर्मका प्रवर्तक महावीर स्वामीको जन्मदिनको रुपमा आज दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायले हरेक वर्ष महावीर जयन्ती मनाउँछन् ।
करिब २६ सय वर्षअघि भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँको क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो ।
उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए । महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो ।
जैन धर्मका प्रवर्तक महावीरलाई अहिंसाका प्रतीक मानिन्छ । हिंसा, जातपातको चरम भेदभाव रहेको युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको मार्गमा डोहोर्याउनुभएको थियो ।
Categorized in राष्ट्रिय