arin enterprises

राहदानी विभाग पनि महानगरको कारबाहीमा

SamacharDesk | २०७९ भाद्र १०, शुक्रबार

महानगरत्रिका अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियान शुक्रबार पनि चलेको छ ।

महानगरले एकपछि अर्काे व्यापारिक घरानाको पार्किङस्थलमा निर्मित पसल, रेष्टुरेन्ट आदि हटाइएको छ । महानगरले निजी क्षेत्रका अनधिकृत संरचना मात्र नभई आज सरकारी कार्यालयमा बनेका संरचना पनि हटाएका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराइएको छ ।  सरकारी निजी जुनसुकै निकाय कानुनको नजरमा समान हुने भन्दै शुक्रबार प्रहरीसहित महानगरको टोली सरकारी निकाय राहदानी विभाग पुगेको हो ।

त्यहाँको भूमिगत पार्किङ सेवाग्राहीको प्रतिक्षालयमा उपयोग गरिएको पाइएपछि तत्काल नगरप्रहरी परिचालन गरी कुर्सी हटाइएको थियो । कहीं कतै हावा पास नहुने पार्किङस्थलमा सेवाग्राही कोच्ने गरिएकोमा महानगरले आपत्ति जनाएको थियो ।

यद्यपि विभाग प्रशासनले सेवाग्राहीको चाप थेग्न भूमिगत पार्किङ उपयोग गर्नुपरेको बताएको थियो । काठमाडौं महानगरका अनुसार महानगर भित्र अवैध संरचना र उपयोगमा नआएको पार्किङको संख्या तीनसय माथि छ ।

महानगरले अभियानकै रुपमा ती संरचनामा धावा बोलेपछि सम्पूर्ण वडा कार्यालयहरुले समेत आफ्नो क्षेत्रका अवैध संरचना भत्काउने निधो गरेका छन् । बुधबार मात्रै काठमाडौं महानगरले सरकारी स्वामित्वको सुन्धारास्थित सञ्चयकोष भवनको काठमाडौं मलमा बनेका संरचना हटाएको थियो ।

त्यस लगत्तै खिचापोखरीस्थित आरवी कम्प्लेक्समा निर्मित अवैध संरचना हटाएको थियो । विहीबार बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचनामा पनि डोजर चलाइएको थियो ।

मेयर बालेन्द्र शाहकै उपस्थितिमासो भवनको पार्किङ स्थलमा अवैध रुपमा निर्माण गरिएको बेसमेन्टको संरचना डोजर लगाएर हटाइएको हो ।

यसअघि त्यहाँका संचालक र कर्मचारीले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सृजना गरेका थिए ।

Categorized in राष्ट्रिय