स्थानीय तहहरुको आज बजेट आउने
SamacharDesk | २०८१ आषाढ ११, सोमबार

स्थानीय तहहरुले आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गर्दैछन् ।
कूल ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
सबै स्थानीय तहहरुले असार १० गतेभित्रै नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णालीका प्रदेशको १ ले गरी आइतबारसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।
आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गरिंदैछ ।
Categorized in स्थानीय