arin enterprises

‘महापुरूष’ को पोष्टर रिलिज

SamacharDesk | २०७९ भाद्र ७, मंगलबार

हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ को पोष्टर रिलिज भएको छ ।

फिल्ममा मुख्य भूमिका रहेको नयाँ पोस्टर सार्वजानिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ ।

सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउदै गरेको देख्न सकिन्छ । उनको पछाडी हरिवंश रहेका छन् । उनीहरु बाइकमा गुड्दै गर्दा स्पीड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । उनले फिल्म विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन् ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थिति व्यंग गरिने छ ।

निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । षट्कोण आर्ट्स प्रा।लि।को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी। गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् ।

चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ।

Categorized in पेजथ्री
SKIP THIS buddhan jayanti 2082