कीर्तिपुर १ वडामा नेपाली कांग्रेसका महर्जन विजयी
SamacharDesk – बिराज | २०८१ मङ्सिर १७, सोमबार

उप निर्वाचनको क्रममा कीर्तिपुर नगरपालिका वडा १ मा नेपाली कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका छन् ।
नेकपा (एमाले) का उम्मेदवार हर्ष महर्जनलाई ६४ मतले पछि पार्दै नेपाली कांग्रेसका महर्जन विजयी भएका हुन् । नेपाली कांग्रेसका महर्जनले ५६२ मत प्राप्त गर्दा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरे ।
नेकपा माओवादी (केन्द्र) का उम्मेदवार सरल गोपाल महर्जन १७३ मत प्राप्त गर्दै तेश्रो स्थानमा परे ।
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस वडाबाट नेपाली कांग्रेसका हिरालाल महर्जन निर्वाचित भएका थिए । क्यान्सर रोगका कारण २०८० फागुन २३ गते राती उनको निधन भएपछि यहाँ उप निर्वाचन गरिएको हो ।
Categorized in स्थानीय