arin enterprises

महासंघको प्रतिष्ठान प्रदेश समितिका निर्णयहरु

SamacharDesk | २०८० जेठ २४, बुधबार

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको बैठक आज बुधबार बसेको छ । बैठकले विभिन्न निर्णयहरु गरेको प्रतिष्ठान प्रदेश सचिव नरेन्द्र मानन्धरले एक प्रेस विज्ञप्तिमार्पmत जानकारी दिएका छन् । 

बैठकले पहिलो निर्णयमा नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौ संशोधन २०७६) तथा नेपाल पत्रकार महासंघको पत्रकार शुद्धीकरण सम्बन्धी “नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड”को उद्देश्य, मर्म र भावना बमोजिम नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौ संशोधन २०७६) ले दिएको अधिकार प्रयोग गरि ‘प्रतिष्ठान शाखा मर्जर तथा सदस्यता स्थानान्तरण सम्बन्धी कार्यविधि, २०८०’ पारित गरिएको छ ।

कार्यविधि अनुसार(क) नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति अन्तर्गत रहेका शाखाहरूमा विधान मापदण्ड अनुसारको संख्या नपुगेका शाखाहरुलाई एकापसमा गाभ्ने सकिनेछ । 

नेपाल पत्रकार महासंघको विधान बमोजिम शाखा गठन गर्न योग्यता नपुगेका शाखाहरु एकापसमा गाभिन योग्य हुनेछन् । एकभन्दा बढी शाखाले एक आपसमा गाभिन वा संयुक्त नाम राख्न सक्ने छैनन् । पत्रकार महासंघको योग्यता नपुगेका प्रतिष्ठान शाखा गाभेर प्रदेश समितिले नयाँ (संयुक्त) शाखा गठन गर्न सक्नेछ।

त्यस्तै बैठकले दोस्रो निर्णय नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौ संशोधन २०७६ सहित) ले दिएको अधिकार प्रयोग गरि नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले सञ्चार उद्योगका रुपमा विकास भएका अनलाइन सम्बन्धी सञ्चार प्रतिष्ठानमा देहायको अनलाईन शाखा सम्बन्धी मापदण्ड, २०८० स्वीकृत गरेको छ।

कार्यविधि र नेपाल पत्रकार महासंघको विधानको अधिनमा रहि नयाँ अनलाईन प्रतिष्ठान गठन गर्न चाहने अनलाईन प्रतिष्ठानमा कार्यरत पत्रकारहरूले जेठ ३० गते भित्र कार्यविधिको अधिनमा रहि शाखा दावी गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको छ।

कार्यविधि अनुसार नेपाल पत्रकार महासंघको विधान बमोजिम प्रदेश समितिले देहायका शर्त सहित शाखा खोल्न पूर्व स्वीकृति दिन सक्नेछ। नेपाल पत्रकार महासंघको विधान तथा “नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड २०८०” बमोजिमका सदस्य कार्यरत रहेमा ।

सूचना विभागको प्रेस प्रतिनिधि कार्ड लिएका कम्तिमा १५ सञ्चारकर्मी कार्यरत रहेमा। अनलाइन पोर्टलको प्रिन्टलाइनमा कम्तिमा १५ जना सञ्चारकर्मीको सूची उल्लेख भएमा । तर, शाखा स्वीकृत हुनुअघि सबै सदस्यको सदस्यता अनुमोदन हुनुपर्नेछ ।

तेस्रो निर्णय, नेपाल पत्रकार महासंघले २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको म्यान्डेट अनुसार गठित शुद्धीकरण समितिले महासंघको नयाँ सदस्यता र नवीकरणका सन्दर्भमा ‘सदस्यता शुद्धीकरण मापदण्ड–२०७९’ तयार पारी २०८० वैशाख २५ गतेको परिपत्र अनुसार प्रतिष्ठान प्रदेश समिति अन्र्तगतका सबै शाखाहरूलाई विधान र सदस्यता शुद्धीकरण मापदण्डको अधिन र समयसीमा भित्र कार्यसम्पादन गरी प्रदेश समितिको कार्यालयमा आवश्यक कागजात र शुल्कहरू उपलब्ध गराउन बाँकी शाखाहरूलाई जेठ २५ गतेभित्र अनिवार्यरुपमा विवरण बुझाउन अनुरोध गरेको छ । 

चौथो निर्णय केही सञ्चार माध्यमले विभिन्न बहानाबाजी गर्दै श्रमजीवी पत्रकारहरुको मासिक तलब, भत्तासहितका सुविधाहरु नपाएको गुनासो आइरहेको छ ।

त्यसप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमो गम्भीर ध्यानाकर्षण भएको छ। सरोकारवाला पक्षलाई श्रमजीवी पत्रकारको सेवासुविधा नियमित र समयमा उपलब्ध गराउन माग गरेको छ ।  

Categorized in राष्ट्रिय