बालिकालाई जबरजस्ती गर्ने पुरुष पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

ललितपुरमा एक बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
९ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा ललितपुरको इमाडोल बस्ने झापा भद्रपुरका ४२ वर्षीय हर्क बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा हर्क बहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती गरेको देखिन आएको प्रहरीले जनाएको छ ।
घटनाको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरी टोलीले हर्क बहादुरलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध