चेल्सीसँगको खेलमा म्यान सिटी स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १२, शुक्रबार

विहिबार राती स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २(१ ले पराजित गरेको हो ।
खेलको ३६औं मिनेटमा चेल्सीले क्रिस्टियन पुलिसिचको गोलसँगै अग्रता लिएको थियो ।
म्यानचेस्टर सिटीको केभिन डे ब्रुनेले ५५ औं मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याए ।
७७औं मिनेटमा फर्नान्डिनोले बललाई हातले छोएपछि उनी रातो कार्ड पाउँदै बाहिरीए । त्यसपछिको बाँकिको खेलमा म्यानचेस्टर सिटि १० खेलाडिमा सिमित भएको थियो ।
सोही ह्यान्डबलका कारण चेल्सीले ७८औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै विलियनले गोल थपेपछि चेल्सीले खेल २–१ को नतिजाले आफ्नो पोल्टामा पार्यो ।
सिटिमाथिको जितसँगै चेल्सी ३१ खेलबाट ५४ अंक बटुल्दै चौथो स्थानमा रहेको छ । दोश्रो स्थानको म्यानचेस्टर सिटीको ३१ खेलबाट ६३ अंक छ ।
त्यस्तै शिर्ष स्थानको लिभरपुलले ३१ खेलबाट ८६ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स