मनमैजु देवी घरको पुनर्निर्माण सम्पन्न
SamacharDesk – Ram Dangol | २०८० जेठ २१, आइतबार

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु देवी घरको पुननिर्माण सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो भवन पुननिर्माण सम्पन्न भएसँगे उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले सो पुननिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
मनमैजु देवी गुठी र स्थानीयको पहलमा सुरु भएको पुननिर्माणमा सम्पन्न भएर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । तत्कालिन अवस्थामा पुरातन्व विभागसँग समन्वय गर्नै तथा दाताहरुबाट चन्दा संकलन गरेर देवी घरको निर्माण सम्पन्न भएको हो ।
उपभोक्ता समितिले प्रकाशित गरिएको स्मारिकाअनुसार १ करोड ९० लाख ८४ हजार ४ सय ४२ रुपैयाँको लागतमा पुननिर्माण सम्पन्न भएको छ ।
कार्यक्रममा देवी घर पुननिर्माणका लागि सहयोग गर्नुहुने दाताहरुलाई तम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसका साथै चन्दाताहरुको शिलापत्रमा पनि नाम अंकित गर्ने जानकारी दिइयो ।
धार्मिक तथा ऐतिहासिक महत्वपूर्ण तारकेश्वर नगरलाई स्थानीय भाषामा फुसिंख्यः भन्ने चलन रहेको छ । फुसिंख्यामा मनमैजुको मन्दिर अवस्थित रहेको छ ।
Categorized in समाज