म्यानयुले गर्यो शिर्षको लिभरपुलसँग बराबरी
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष १८, शनिबार

ईंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलपछि म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ ।
गएराति खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लिभरपुलसँग अंक बराबरी गरेको हो ।
म्यानयुकै मैदानमा भएको खेलमा घरेलु टोलीलाई लाई जिताउन ४० औँ मिनेटमा एन्थोनी मार्शलले गोल गर्दै टिमलाई अग्रता दिलाए । ५८औं मिनेट एस्टनभिल्लाका बेट्रान्ड ट्राओरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
६१ औ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गर्दै म्यानयुको जित सुनिश्चित बनाए ।
यो जितसँगै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ ।
गएराति नै सम्पन्न अर्को खेलमा वेष्ट ह्याम युनाइेटडले एभर्टनलाई १–० ले हराएको छ । टिमलाई जित दिलाउन खेलको करीब अन्तिम समयतिर वेस्टह्यामका टोमस सोसेकले गोल गरेका थिए ।
Categorized in स्पाेर्ट्स