म्यानचेस्टर युनाइटेडको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ६, सोमबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ।
आइतबार राति भएको खेलमा युनाइटेडले वर्नलीलाई ३–१ गोलले पराजित गर्दै जित हात परेको हो ।
युनाइटेडको जितमा ग्रिनउडले दुई गोल गर्दा काभानीले एक गोल थपे । ग्रिनउडले ४८औं र ८४औं मिनेटमा गोल गरे ।
काभानीले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा एक गोल थपे ।
लिगको अर्को खेलमा आर्सनललाई फुलहमले १–१ गोलको बराबरीमा रोकेको छ ।
प्रिमियर लिगको अंक तालिकामा म्यानचेस्टर युनाइटेड ३२ खेलमा ६६ अंकले दोस्रो स्थानमा रहेको छ ।
३२ खेलबाट ७४ अंक जोड्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स
