सिटीको पुनरागमन जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २५, सोमबार

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकालेको छ । आईतबार सिटीले लुटन सिटिमाथि २–१ को जित निकालेको हो ।
खेलमा अग्रता घरेलु टोली लुटनले पहिलो हाफको इन्जुरी समयमा एलिया अदेबायोको गोलमा लिएको थियो । १–० ले पछि परेको सिटिले दोस्रो हाफमा दुई गोल गर्दै शानदार पुनरागमन गर्यो ।
६२ औं मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि बराबरी गोल गरे । त्यसको तीन मिनेटपछि ज्याक ग्रिलिसले सिटीका लागि विजयी गोल गरेका थिए ।
पछिल्ला चार खेलमा जित विहीन देखिएको सिटीले पाँचौं खेलमा आएर सफलता प्राप्त गरेको छ ।
सन् २०१९ को डिसेम्बरपछि पेप ग्वार्डिओला नेतृत्वको सिटीले एकपछि अर्को लिग म्याच गुमाएको थियो ।
यो जितसँगै साविक विजेता सिटी ३३ अंक सहित चौथों स्थानमा छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ४ अंकले पछि छ ।
लुटन ९ अंक सहित पुछारदेखि तेस्रोमा छ ।
Categorized in स्पाेर्ट्स