arin enterprises

म्यानयुलाई हराउँदै म्यानसिटी फाइनलमा

SamacharDesk – स्पाेर्ट्रस ब्यूराे | २०७७ पौष २३, बिहिबार

काराबाओ कप फुटबल अन्तर्गत गएराती भएको म्यानचेस्टर डर्बीमा म्यान्चेस्टर सिटी बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टर युनाईटेडलाई म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानयु सिटीसँग २–० गोलले पराजित भएको हो ।

खेलमा सिटीलाई विजयी गराउन जोन स्टोन्सले ५०औं र फर्नान्डीनोले ८३औं मिनेटमा एक एक गोल गरे ।

जितसँगै अब उपाधीका लागि म्यानसिटीले टोटनह्यामको सामना गर्नेछ ।

टोटनह्याम ब्रेन्टफोर्डलाई हराउँदै फाइनलमा पुगेको हो ।

उपाधि भिडन्त आउँदो अप्रिलको २५ मा वेम्बले रंगशालामा हुनेछ ।

Categorized in स्पाेर्ट्स