arin enterprises

क्रिस्टल प्यालेसमाथि म्यानसिटीकाे शानदार जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ५, सोमबार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।

म्यान सिटीले क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो गोल अन्तरले विजय हासिल गरेको हो ।

सिटीलाई जित दिलाउन जोन स्टोन्सले १६ र ६८ औं मिनेटमा एक/एक गोल गरे भने इके गुन्डोगानले ५६ औं मिनेटमा र राहिम स्टर्लिङले ८८ औं मिनेटमा एक/एक गोल गरे ।

यो खेलपछि दोश्रो स्थानमा रहेको म्यानसिटीको १७ खेलबाट ३५ अङ्क रहेको छ ।

शिर्षको म्यानयुको लिभरपुलसँग बराबरी

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत नै शिर्ष स्थानको म्यानचेस्टर युनाइटेडलाई भने चौथो स्थानको लिभरपुलले गोलरहित बराबरीमा रोकेको छ ।

साविक विजेता लिभरपुलले आफ्नै मैदान एनफिल्डमा भएको खेलमा म्यानयुलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा म्यानयुले गोलको प्रयास गरेपनि गोल गर्न सकेन । म्यानयुभन्दा कम आक्रामक देखिएको लिभरपुल यस खेलपछि चौथो स्थानमा झरेको छ ।

अङ्क तालिकाको दोश्रो स्थानमा रहेको म्यानयुको १८ खेलबाट ३७ अङ्क भएको छ भने चौथो स्थानको लिभरपुलको समान १८ खेलबाट ३४ अङ्क छ ।

शेफिल्ड टोटनह्यामसँग पराजित

गएराति नै सम्पन्न अर्को खेलमा टोटनह्याम हट्सपरले शेफिल्ड युनाइटेडलाई ३–१ ले पाखा लगाएको छ ।

टोटनह्यामलाई जित दिलाउन सर्जि अउरियरले ५ औं मिनेटमा, ह्यारी केनले ४० औं मिनेटमा र टान्गाई डोम्बेलेले ६२ औं मिनेटमा एक/एक गोल गरे ।

शेफिल्डका लागि भने डेभिड म्याकगोल्ड्रिकले ५९ औं मिनेटमा सान्त्वना गोल गरे ।

पाँचौ स्थानमा रहेको टोटनह्यामको १८ खेलबाट ३३ अङ्क भएको छ ।

Categorized in स्पाेर्ट्स