arin enterprises

मणिपुरमा हिँसा भड्किंदा ९ को मृत्यु

SamacharDesk | २०८० जेठ ३१, बुधबार

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ ।

म्यानमारको सिमानामा रहेको मणिपुरको राज्यको इमफल इस्ट जिल्लाको खामेनलोक इलाकामा रहेको एक गाउँमा आज बिहान हतियारधारी समूहले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । हरितयारधारी समूहको आक्रमणमा १० जन घाइते भएको भारत्ीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

यसअघि गत सोमबार पनि गोली हानाहान हुँदा दुवै समुदायका ९ जना घाइते भएका थिए । पछिल्लो एक महिनादेखि मेइती र कुकी समुदायबीच जारी हिंसामा परेर हालसम्म एक सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने करिब ४० हजार भन्दा बढी सर्वसाधारण विस्थापित भएको अधिकारीहरुले जनाएका छन् ।

मणिपुरमा मेइती समुदायले आफूहरुलाई जनजातीमा सूचीकृत गर्न माग गर्दै आएका छन् भने ककी समुदायले यसको विरोध गर्दै आएको छ ।

यस्तै ती समुदायको माग पूरा भए शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफूले पाएको कोटा कटौती हुने भन्दै मेइटिस समुदायले हिंसात्मक आन्दोलनको नेतृत्व गरेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

हिंसा नरोकिएपछि संघीय सरकारले शान्ति र स्थायित्वका लागि गठन गरेको शान्ति समितिमा बस्न दुवै आन्दोलनरत दुवै समुदायले अस्विरकार गरेका छन् ।

मणिपुरले म्यानमारसँग करिब ४०० किलोमिटर सीमा जोडेको छ । सन् २०२१ मा म्यानमारमा भएको विद्रोहका कारण हजारौं सर्वसाधारण शरणर्थीको रुपमा मणिपुरमा बसोबास गरेको बताइएको छ ।

कुकीहरु म्यानमारको चिन समुदायसँग सम्बन्धीत रहेकाले उनीहरुको आगमनले आफूहरु अल्पमतमा पर्ने मणिपुरको मेइटिस समुदायलाई आशंका रहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय