arin enterprises

मनिषाको महामृत्युञ्जय मन्त्र सार्वजनिक

SamacharDesk – बिकाश | २०७७ फाल्गुण २७, बिहिबार

चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाले गाउनु भएको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक भएको छ ।

महाशिवरात्रीको अवसरमा आज पाटन दरवार क्षेत्रमा आयोजित एक कार्यक्रममा कोईरालाले गाउनुभएको महामृत्युञ्जय मन्त्र सार्वजनिक गरिएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीले सो मन्त्रको लोकार्पण गर्नुभयो ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलमार्फत सार्वजनिक भएको मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका छन् । त्यस्तै उज्ज्वल जोशी र जावेद खानले छायांकन गरेका छन् ।

श्री पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा भिडियोको छायाङ्कन गरिएको छ ।

यस महामृत्युञ्जय मन्त्रमा मनीषासँगै सुरसुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको पनि स्वर रहेको छ ।

परम्परागत संस्कृत भाषामा रहेको मन्त्रलाई सुरेन्द्र श्रेष्ठले संगीत दिएका छन् । वाद्यवादनतर्फ सितार राजीव श्रेष्ठले बजाएका छन् भने प्रेम रानाको बाँसुरी र विकास सिंहको गितारले मन्त्रलाई थप संगीतमय बनाएको छ ।

क्यान्सरलाई पराजित गरेकी मनिषा कोइराला पछिल्लो समय पुस्तक लेखन, सामाजिक कार्यमा व्यस्त छिन् भने अव उनले संगीत कर्ममा पनि पाइला बढाएकि छन् । 

Categorized in पेजथ्री