मनोज नेवाःले दिए काठमाडौं ८ बाट उम्मदेवारी
SamacharDesk – बिराज | २०७९ आश्विन २३, आइतबार

काठमाडौं क्षेत्र नम्बर ८ मा स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका सामाजिक अभियन्ता मनोज नेवाः खड्गीले अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालछाता चिह्नबाट उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्य पदका लागि सामाजिक अभियन्ता खड्गीले आज काठमाडौं क्षेत्र नम्बर ८ जसपाबाट उम्मेदवारी दिएका हुन् ।
यद्यपि खड्गीले आफुले पार्टीबाट उम्मदेवारी दिएको नभई, पार्टीसँग तालमेल गर्दै जसपाको छाता चिह्नबाट मात्र उम्मदेवारी दिएको बताएका छन् ।
‘मैले स्वतन्त्र उम्मेदवारी दिने भनेको थिएँ, म अहिले पनि स्वतन्त्र नै छु । मात्र जसपासँग चुनावी तालमेल गर्दै पार्टीको चुनाव चिह्न मात्र लिएको हो’ खड्गीले भने ।
आफ्नो मुख्य मुद्दा नै पहिचानको मुद्दा रहेको र मुद्दा अनि विचार मेल खाने भएकोले जसपासँग आफुले चुनावी तालमेल गरेको खड्गीको भनाई हो ।
अहिले देखिएको अराजकता, भ्रष्टाचार र ठुला दलको सिन्डिकेट तोड्न आफुले उम्मेदवारी दिएको उनको भनाई हो ।
विगतमा चुनाव जित्ने नेताहरु चुनाव पछि हराउने र जनताको हितमा केही नगर्ने परिपाटी देखिएकोमा आफु चुनाव पछि पनि जनताकै बीचमा रहने र जनतासँगै मिलेर अघि बढ्ने खड्गीले बताए ।
यो पनि पढ्नुहोलाः क्षेत्र नम्बर८ बाट मनोज नेवाःको स्वतन्त्र उम्मेदवारी घोषणा
Categorized in राजनीति