माओवादीको खबरदारी
SamacharDesk | २०८१ कार्तिक १०, शनिबार

नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी जुलुस निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष सहित बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा खबरदारी जुलुस निकालिएको छ।
सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत भएको थियो । खबरदारीसभा अघि माओवादीले झाँकी सहितको जुलुस निकालेको थियो ।
माओवादीले विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजना विहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।
ओली नेतृत्वको गठबन्धन सरकार पश्चगामी भएको भन्दै माओवादीले देशभर आन्दोलन चर्काउने तयारी गरेको छ ।
Categorized in राष्ट्रिय