स्टार फुटबलर म्याराडोनाको निधन
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ मङ्सिर १०, बुधबार

स्टार अर्जेन्टिनी फुटबलर डियागो म्याराडोनाको निधन भएको छ ।
केही समय यताबाट अस्वस्थ रहँदै आएका म्याराडोनाको आज ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको बिबिसिले जनाएको छ ।
उनको केही दिन अघि मात्रै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि अस्पतालबाट उनलाई सिधै सुधार गृह लगिएको थियो । मदिरा दुव्र्यसनीबाट छुटाउन उनलाई सुधार गृह लगिएको थियो ।
मदिरा र लागू पदार्थ दुव्र्यसनीका कारण उनी पटक पटक विवाद र चर्चामा रहे ।
उनकै कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो ।
उनले बार्सिलोनाको साथै बोका जुनियर्स, नापोलीबाट पनि खेलेका थिए ।
उनले अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका छन् भने क्लब फुटबलको करीअरमा ४ सय ९० खेल खेल्दै २ सय ५४ गोल गरेका छन् ।
म्याराडोनालाई पेलेपछिका उत्कृष्ट फुटबलरको रुपमा पनि लिइन्छ ।
Categorized in स्पाेर्ट्स