arin enterprises

मच्छेगाउँमा मत्स्यनारायण मेलाः भिडियो

मच्छेगाउँ काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका अवस्थित छ । यहाँ रहेको मच्छेनारायण मन्दिरमा प्रत्येक ३ वर्षमा आउने पुरुषोत्तम महिनामा एक महिने मत्स्यनारायाण मेला लाग्ने गर्दछ ।

१२ महिनाको एक वर्ष हुन्छ । र साधारणतयाः वर्षमा ३६५ दिन भन्ने गरिन्छ । तर सूर्यमासको आधारमा दिन गणना गर्ने हो भने ३६५ दिनको एक वर्ष हुन्छ । यसैगरी चन्द्रमासको आधारमा वर्षको ३५४ दिन हुन्छ  । यसरी एक वर्षमै ११ दिनको फरक हुन आउँछ ।

यहि ११ दिन फरकको कारणले ३ वर्षमा एक पटक एक महिना बढि हुन आउँछ र १३ महिनाको एक वर्ष हुने गर्दछ । यहि बढि हुन आउने महिनालाई पुरुषोत्तम मास भनिन्छ ।

अहिले पुरुषोत्तम मास अथवा भनौं अधिक मास चलिरहेको छ । पुरुषोत्तम मासलाई अधिकमास र मलमासको नामले पनि चिनिन्छ । मलमास वा पुरुषोत्तम मासमा ठुलठुला अनुष्ठान पूजाहरु गरिन्न । कुनै पनि किसिमको नयाँ कामको थालनी पनि गरिन्न ।

यो महिनालाई भगवान नारायणले आफ्नो पहिलो अवतार मत्स्य अवतार लिएको महिनाको रुपमा विश्वास गरिन्छ । र भगवान नारायणले मछेगाउँमा मत्स्य अवतार लिएको विश्वास रहेको छ ।

यहि विश्वासको आधारमा भक्तजनहरु तीन वर्षमा एक पटक आउने पुरुषोत्तम मासमा यहि मच्छेगाउँमा अवस्थित भगवान मत्स्य नारायणको दर्शन गर्न जाने गर्छन् । यसलाई मत्स्यनारायण मेला भन्ने गरिन्छ ।

पुरुषोत्तम मासको अवसरमा एक महिनाभरी काठमाडौं उपत्यकाका साथै विभिन्न स्थानहरुबाट भक्तजनहरु मच्छेगाउँमा मत्स्यनारायण मेला भर्न आउने गर्छन् ।