बडा दसैंमा मौलो पूजा सम्पन्न
SamacharDesk – बिकाश | २०७७ कार्तिक ९, आइतबार

बडा दशैंको क्रममा नेपाल प्रहरीले मनाउँदै आएको पूजा अर्चना प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा सम्पन्न भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले मौलोमा सङ्कल्प पूजा गर्नुभयो ।
पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाउनुभयो ।
साथै उहाँले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार पनि प्रदान गर्नुभएको थियो ।
पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।
उक्त अवसरमा उपस्थित सबैलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो । सो पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।
Categorized in संस्कृति