माध्यमिक कालका नेपाली कविताहरू पुनः प्रकाशनमा
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २१, शुक्रबार

नेपाल प्रज्ञा–प्रतिष्ठानले ३३ वर्षपछि ‘माध्यमिक कालीन कवि र कविता’ नामक ग्रन्थ पुनः प्रकाशन गरेको छ ।
प्रतिष्ठानले घटराज भट्टराईको सम्पादकत्वमा पहिलोपटक यस ग्रन्थ २०४५ सालमा प्रकाशनमा ल्याएको थियो ।
यसमा नेपाली साहित्यको माध्यमिक कालका ३३ जना कविहरूको परिचयसहित १५० भन्दा बढी कविता र गजलहरू समावेश भएको प्रतिष्ठानले जनाएको छ ।
यस पुस्तकमा माध्यमिक कालका मोतीराम भट्ट, चक्रपाणि चालिसे, सोमनाथ सिग्द्याल, शम्भुप्रसाद ढुङ्ग्याल, पहलमानसिंह स्वार, दधिराम मरासिनी, रामप्रसाद सत्याल, तारानाथ शर्मा नेपाल, लक्ष्मीदत्त पन्त, कुलचन्द्र गौतम, रुद्रप्रसाद शर्मालगायतको परिचय र कृतिहरू सङ्कलित छ ।
Categorized in संस्कृति