arin enterprises

मेलम्चीको पानी आउन सुरु

SamacharDesk | २०८० जेठ १८, बिहिबार

करिब दुई साता बन्द भएको मेलम्चीको पानी हिजोदेखि काठमाडौंको धारामा आइपुगेको छ ।

वर्षायामलाई ध्यानमा राख्दै सुरुङको रेक्टिफिकेसन र हेडवर्कसलगायतका संरचना मर्मत गर्नका लागि बन्द गरिएको पानी उक्त संरचनाहरु मर्मत भएपश्चात पानी पठाईएको केयुएलले जनाएको छ ।

सोमबार मेलम्चीको सुरुङमा हालिएको पानी हिजो काठमाडौं उपत्यकाका धाराहरुमा आइपुगेको हो । तर यो भने मेलम्चीको पूरा क्षमताको नभई केही आंशिक क्षमतामा मात्र पानी पठाइएको छ ।

मेलम्चीको उक्त संरचना मर्मतपश्चात वर्षातको समयमा पनि मेलम्चीको पानी ल्याउने तयारीमा रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

केयुकेएलका अनुसार मेलम्चीको पानी बन्द भएपछि यही स्रोतबाट उत्पादन भएको पानी ३ दिनदेखि १० दिन बिराएर वितरण गरिएको थियो । पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा आएपछि २ देखि ३ दिन बिराएर ग्राहकलाई पानी वितरण गरिनेछ।

केयुकेएलका १ लाख ६० हजार ग्राहक छन्। ६० हजार घर दुरीमा भने नयाँ धारा जडान गरिएको छ।

Categorized in राष्ट्रिय