मेलम्चीको पानी मङ्गलबारदेखि काठमाडौंको धारामा
SamacharDesk | २०७८ चैत्र २६, शनिबार

मेलम्चीको पानी मंगलबारदेखि उपत्यकावासीहरुले पिउन पाउने भएको छ । गत असार १ र साउन १७ गतै आएको लेदोसहितको बाढीले आयोजनालाई ठूलो क्षति पु¥याएको थियो । मेलम्चीको पानी अब भने मंगलबारदेखि अस्थायी रुपमा वितरण हुने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन पनि मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीका अनुसार खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिनुभयो ।
उहाँले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजना काठमाडौँ ल्याउने परिकल्पना तथा घोषणा पूर्वप्रधानमन्त्री भट्टराईले गर्नुभएको थियो ।
यसैको स्मरण गर्दै नेपाल सरकारले शुन्दरीजल स्थित प्रशोधन केन्द्र परिसरमा स्वर्गीय भट्टराईको सालिक स्थापना गर्ने भएको हो ।
Categorized in राष्ट्रिय